राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा नवमी - २४
यस जिल्ला अस्पताल पाँचथरको मुख्य भवनको कोठा नम्वर २० मा उत्कृष्ट ल्याव टेक्निसियन राजा बाबु शाह, चाहाना आङ्देम्वे, टिका तामाङ्ग,हिमा थापा मगर, अस्मिता ओझा तथा ल्याव असिस्टेन्ट निरिक्षक खगेन्द्र प्रसाद राजवंशी द्वारा विरामीहरुमा निम्नानुसारको सेवा प्रदान गरिदै आएको छ।
बिरामीको शरीरबाट रगत, पिसाब, दिसा, खकार, वा तन्तु (Tissue) हरू सुरक्षित रूपमा संकलन गर्ने।
संकलित नमूनाहरूलाई परीक्षण योग्य बनाउन प्रशोधन गर्ने।
हेमाटोलोजी: रगतका कोषहरूको अवस्था जाँच गरी रक्तअल्पता (Anemia), क्यान्सर (Leukemia) जस्ता रोग पत्ता लगाउने।
बायोकेमेस्ट्री: सुगर (Diabetes), कोलेस्ट्रोल, कलेजो (Liver Function) र मृगौला (Kidney Function) को अवस्था जाँच गर्ने।
माइक्रोबायोलोजी: शरीरमा कुन ब्याक्टेरिया, भाइरस वा फंगसले संक्रमण गरेको छ भनी पत्ता लगाउने।
रोगको लक्षण देखिनु अगावै सम्भावित स्वास्थ्य समस्याहरू पत्ता लगाउने (जस्तै: होलबडी चेकअप)।
सरुवा रोगहरूको निगरानी गर्ने।
औषधि खाइरहेका बिरामीहरूमा औषधिको प्रभाव कत्तिको परिरहेको छ भनी हेर्ने।
मृगौला वा कलेजोमा औषधिको नकारात्मक असर परे/नपरेको सुनिश्चित गर्ने।
रगतको समूह (Blood Grouping) छुट्याउने।
रगत चढाउनु अघि 'क्रस म्याचिङ' (Cross Matching) गर्ने र सुरक्षित रगतको व्यवस्था गर्ने।