राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा नवमी - २४
नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। सोही संवैधानिक व्यवस्था तथा वर्तमान सङ्घीय संरचना अनुरूप कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत रहेको जिल्ला अस्पताल पाँचथर जिल्लास्तरीय स्वास्थ्य निकाय हो।पाँचथर जिल्लाका विरामीहरुलाई आवश्यक सेवा प्रदान गर्नका निम्ति २०२५ सालमा प्र. स्वा के. को रुपमा स्थापना भई २०४५ साल देखि १५ वेड स्विकृत भएको यस जिल्ला अस्पताल पाँचथर मिति २०७९ भाद्र २८ बाट स्तरोन्नति भइ हाल ५० वेड सञ्चालनमा गरी विरामीहरुको उपचारमा गर्दै आएको छ।
यस अस्पतालले हाल वहिरग सेवा, अतरंग सेवा, आकस्मिक सेवा,फिजियोथेरापी सेवा,शल्यक्रिया, ड्रेसिङ, प्रयोगशाला सेवा, रेडियोलोजि सेवा, फार्मेसि सेवा निशुल्क तथा सःशुल्क ), डेन्टल सेवा, आमा सुरक्षा सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, लैंगिक हिंसा सम्बन्धी अस्पतालमा आधारित एक द्वार संकट व्यवस्थापन केन्द OCMC आँखा उपचार, FBIMNCIसेवा DOTS HTCसेवा,CSSD, SNCU, SSU, टि. बी/ ल्याप्रोसी ART सेवा, Hemodialysis सेवा, Endoscopy सेवा, स्वास्थ्य बीमा, मेडिको लिगल लगायतका दैनिक प्रशासनिक सेवा सञ्चालन गर्दै आएको छ।
हाल यस जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सक १, मेडिकल अफिसर २, पारामेडिक ९,नरसिंड-६, प्रशासनिक - ३ र का.स. ११ गरि जम्मा ३२ जनाको स्वीकृत दरबन्दी भएतापनि हाल यस अस्पतालमा विशेषज्ञ चिकित्सक -७ (MDGP, फिजिसियन, अर्थोपेडिक्स सर्जन, जनरल सर्जन, एनेस्थेयोलोजिस्ट,बालरोग, डेन्टल), मेडिकल अफिसर ५, डेन्टल सर्जन-२, फिजियोथेरापी १, पारामेडिकल - २९, नर्सिड २२, प्रशासनिक ४, सवारी चालक - २, सुरक्षा गार्ड-१, काउन्टर सहायक ४, भान्से माली-१/१, सरसफाईकर्मी ४ का.स.- १७ गरि जम्मा ९९ जान कर्मचारी कार्यरत रहेको छ।
कार्यक्षेत्र